• २१ भदौ २०८३, आइतबार
  • २ः४१ दिउँसो

रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने बाइडेनको घोषणा

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ०८:०३

१६ असार २०७९, न्युयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र-जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

National Life

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चारबाट ६ पुर्‍याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

प्रतिकृया