वर्षाका कारण विभिन्न ठाउँमा उडान अवरुद्ध
प्रकाशित मिति
२०७९ असार १४ गते, मंगलवार ०८:४०
१४ असार २०७९, काठमाडौँ मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्।
विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान डिले भएको हो। काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
केहीबेर अघि भद्रपुरमा उडान शुरू भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। काठमाडौंको मौसम राम्रो भए पनि अन्य गन्तब्यहरूमा मौसममा खराबी आउँदा उडान समयमै हुन नसकेको विभानस्थलले जानकारी दिएको छ।
मौसम खुल्ने क्रममा रहेकाले केहीबेरपछि उडान नियमित हुनसक्ने विमानस्थलले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
Recent News
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया