यी हुन् मन्त्रिपरिषद बैठकले गरेका सात निर्णय
प्रकाशित मिति
२०७९ असार ७ गते, मंगलवार ११:३०
७ असार २०७९ काठमाडौंः मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरूले कुटनैतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत् गर्ने निर्णय भएको पनि बताए। असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको हो।
यसैगरी, सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन निर्णायक योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ। यस्तै, नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ।

प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए।





प्रतिकृया