• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

प्राइम बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला, आजदेखि आवेदन दिन सकिने, ब्याज १०.१५ प्रतिशत

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ११:१६

३१ जेठ २०७९ काठमाडौंः प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुलाएको छ। ऋणपत्रमा आज जेठ ३१ गतेदेखि आवेदन दिन सकिनेछ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ। यसको अंकित मूल्य प्रति कित्ता एक हजार रुपैयाँ हुनेछ।


ऋणपत्रमध्ये ३० लाख कित्ता बैंकले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने छ। त्यस्तै, सर्वसाधारणका लागि २० लाख कित्ता छुट्याएको छ। ऋणपत्रमा न्यूनतम २५ कित्ताका र अधिकतम दश लाख कित्ताका लागी आवेदन दिन सकिनेछ।

Kamana Sewa

ऋणपत्रमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नआए आवेदन समय असार १४ गतेसम्म मिति लम्ब्याइने बैंकले जनाएको छ। ऋणपत्रको वार्षिक ब्याजदर १०।१५ प्रतिशत छ भने अवधि ५ वर्ष छ। बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त्त गरेको छ।

Classic Tech Desktop

प्रतिकृया