• ५ साउन २०८३, मंगलबार
  • ९:५२ बिहान

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ०६:१२

३१ जेठ २०७९, एजेन्सी : अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको हो ।


निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।

Kamana Sewa

अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।

Classic Tech Desktop

प्रतिकृया