• २० असोज २०८३, मंगलबार
  • १०ः३२ बिहान

काठमाडौंमा एकै दिन १७ सय ५२ चालकमाथि कारबाही

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार १२:३१

९ जेठ २०७९, काठमाण्डौं : ट्राफिक प्रहरीले एकै दिन काठमाडौ) उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारबाही गरिएको हो ।

National Life

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् ।


यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने ७२ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया