• २० असोज २०८३, मंगलबार
  • १२ः५४ राती

बबईमा डुबेर एक किशोरको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०७:१८

२९ बैशाख २०७९, काठमाडौँ : दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

National Life

साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया