• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

सिटीको जीतमा डि ब्रुयनाको चार गोल

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०६:५७

२९ बैशाख २०७९, एजेन्सी : केभिन डि ब्रुयनाको चार गोलको मद्दतले म्यानचेस्टर सिटीले वुल्भ्समाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको खेलमा सिटी ५-१ गोलले विजयी हुँदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको हो ।

National Life

डि ब्रुयनाले खेलको सातौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर लगत्तै वुल्भ्सले एक गोल फर्कायो । त्यसपछि भने सिटीले एकतर्फी गोल वर्षा गरेको थियो । २४ मिनेटभित्र डि ब्रुयनाले आफ्नो ह्याट्रिक पुरा गरे भने दोस्रो हाफमा उनले अर्को गोल थपे


। खेलको अन्त्यतिर राहिम स्टर्लिङले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । पेप ग्वार्डिओलाको टोलीलाई लिग उपाधि जित्न अब अन्तिम दुई खेलबाट मात्र चार अंक बटुले पुग्छ । पछिल्ला पाँच सिजनमा टोलीको यो चौथो उपाधि हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया