• २१ असोज २०८३, बुधबार
  • ४ः३१ बिहान

आईपीएल : राजस्थानमाथि दिल्लीको जित

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०६:१४

२९ बैशाख २०७९, काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थान दिल्लीसँग ८ विकेटले पराजित भएको हो। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टाएको थियो।

National Life

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। यो जितसँगै पाँचौ स्थानमा पुगेको दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ। राजस्थान १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा छ। आईपीएलमा बिहीबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्।


लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ भने ४ अंकमात्र जोडेको मुम्बई तालिकाको अन्तिममा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया