• १७ असोज २०८३, शनिबार
  • ५ः३९ बिहान

४९ जिल्लामा मतपत्र ढुवानी सकियो, आज लुम्बिनीका १२ जिल्लामा पठाइँदै

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०८:१०

१८ बैशाख २०७९, काठमाडौँ : स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

National Life

आज लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरूमा पुग्ने क्रम जारी रहेको छ ।


मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले १३ वैशाखबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया