• १५ असोज २०८३, बिहीबार
  • १२ः०० राती

धादिङमा बस र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०६:४९

१७ बैशाख २०७९, धादिङ : धादिङमा बसले स्कुटरलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बेनिघाट-३ शीतलबजारमा भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।

National Life

शनिबार दाङबाट काठमाडौँ आउँदै गरेको ना. ६ ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रतिकृया