भृकुटीमण्डपमा वैशाख १५ गतेदेखि जेठ ८ गतेसम्म जुत्ता चप्पल मेला
प्रकाशित मिति
२०७९ बैशाख १३ गते, मंगलवार ०६:४६

१३ बैशाख २०७८, काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुने भएको छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि जेठ ८ गतेसम्म जुत्ता चप्पल मेला हुने भएको छ । एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले जनाएको छ ।
मेलामा निःशुल्क प्रवेशको व्यवस्थाता समेत रहेको छ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले जनाए । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएको छ । नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए ।
प्रतिकृया