• २५ भदौ २०८३, बिहीबार
  • १२ः५८ दिउँसो

लोसपाले गर्‍यो एमाले र जसपासँग चुनाबी तालमेल

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०४:५५

१३ बैशाख २०७९, काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग स्थानीय चुनाबका लागि तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ ।

National Life

लोसपाका नेता केशव झाका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको हो । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ।


त्यस्तै, जनता समाजवादी पार्टी र लोसपाबीच पनि दुई स्थानीय तहमा तालमेल भएको छ। जसमा कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा लोसपा र उपाध्यक्ष जसपाले लिएको छ। कञ्चनपुर बेलौरी नगरपालिकाको मेयरमा लोसपाको उम्मेदवार हुँदा उपमेयर जसपाले पाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लोसपाले देशभरका कुल १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ ।

प्रतिकृया