• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०९ बिहान

सञ्चारको निजि क्षेत्रलाई प्रोत्साहान गर्न सरकारले साथ दिन्छ : मन्त्री कार्की

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०४:२४

गोमा सुनार

National Life

७ बैशाख २०७९, काठमाडौं : सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निजि क्षेत्रलाई प्रोत्साहान गर्न सरकारले साथ दिने बताएका छन् । भृकुटीमण्डपमा क्यान फेडेरेशनले आयोजना गरेको क्यान इन्फो–टेक २०२२, २७ औं संस्करण समुद्घाटन समारोहमा बोल्दै कार्कीले सञ्चार तथा सुचना प्रविधिका निजि क्षेत्रलाई प्रोत्साहान गर्न सरकारले साथ दिने बताएका हुन् ।


यस्तै, निजि क्षेत्रबाट अरोबौंको लगानी गरेर सुचना तथा प्रविधि सम्बन्धी कम्पनीहरु स्थापना भएको छ, उनले भने, हजारौं संस्थाले रोजगार प्रधान गर्नुको साथै प्रतक्ष तथा अप्रतक्ष रुपमा विदेशी मुद्रा आर्जन भएका छन्, जसले गर्दा देशको आर्थिक क्षेत्रमा सहजता ल्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री कार्कीले भने सुचना प्रविधिको पूर्वधार विकास तथा सेवाको गुणस्तरमा सरकारले प्राथमिकता दिएको छ । यो क्षेत्रलाई देशभित्र रोजगारको माध्यम बनाउने प्रयास भइरहेको छ । साथै, विदेशी मुद्रा आयतको स्रोत विकास गर्नको लागि सुचना प्रविधि देशको आर्थिक क्षेत्रको विकासमा प्राथमिक औजार भएको छ ।


सुचना प्रविधिले आम नागरिकको दैनिक क्रियाकलापमा सहज पुर्याउन महत्वपूर्ण भूमिका खेलेको हुनाले यसको प्रयोगकर्ता तथा विकास बढ्दै गएको उनले कार्यक्रम मार्फत बताएका छन् । सुचना प्रविधिको प्रयोगकर्ता बढेकै कारण देशको आर्थिक स्थितिमा पनि सकारत्मक परिर्वन आउने र यसको पहुँच पनि बड्दै जानेमा मन्त्री कार्कीले विस्वास राखेको बताए ।


यस क्षेत्रको विकासलाई सरकारले प्राथमिक दिदैं व्यवस्थित गर्ने कुरामा सुचना तथा प्रविधि मन्त्रालयले सरकारी गठन गरेको छ, उनले भने, नेपालमा प्रविधिको सरकारी र निजी क्षेत्रका व्यवसायलाई मैत्री बनाउन प्रविधिको अत्याधिक प्रयोग बढाउने उद्देश्यका साथ सरकारले डिजिटल नेपाल (Digital Nepal) को अवधारण अगाडि सारेको छ ।


क्यान इन्फो–टेक २०२२ आज बैशाख ७ गतेदेखि १२ गतेसम्मको लागि भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको छ । सो प्रदर्शनी १७० वटा स्टलमा विभिन्न प्रकारमा प्रविधिहरुको बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यका साथ क्यान फेडेरेशनले आयोजना गरेको हो ।

प्रतिकृया