• 9:51 pm

राप्रपाको घोषणापत्र सार्वजनिक, ५० प्रतिशत कर कटौती र १२ कक्षासम्म पढाई नि-शुल्क गर्ने प्रतिबद्धता

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०४:१५

७ वैशाख २०७८,काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वजनिक गरेका हुन् । सो घोषणापत्रमा ५० प्रतिशत कर कटौती गर्ने प्रतिबद्धता गरिएको छ ।


राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले १२ कक्षासम्म निस्शुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ ।


घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।

प्रतिकृया