• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार १२:०८

६ बैशाख २०७९, काठमाण्डौं : म्यानचेष्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका छोराका मृत्यु भएको छ । रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।


यसअघि रोनाल्डो र उनकी पार्टनर जियोर्जिना रोड्रिग्वेजले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको खबर आएको थियो । यद्यपि उनकी एक छोरी भने बाँच्न सफल भएको जनाइएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै रोनाल्डो र रोड्रिग्वेजले ‘गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ ।’ लेखेका छन् । ‘यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ ।’ उनले भने, ‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ’

Kamana Sewa

उनीहरुले यो ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको समेत बताएका छन् । रोनाल्डो र रोड्रीग्वेजले छोरीको जन्मले आफूहरूलाई ‘यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको’ जनाएका छन् ।

Classic Tech Desktop

यता रोनाल्डोको क्लब म्यानचेष्टर युनाइटेडले पनि रोनाल्डोको छोराको निधनप्रति दुख प्रकट गरेको छ ।

प्रतिकृया