माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले मेयरको टिकट नपाएपछि पार्टी छाडे
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार ०२:१०
५ बैशाख २०७९, काठमाण्डौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन्। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी नै छाडेका हुन्। आज दाङमा पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत नबस्ने गरी पार्टी त्यागेका हुन्।

उनी दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। ‘मलाई मेयरमा टिकट नदिने भए। माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ,’ उनले भने, ‘एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु।’
घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी भएको जनाइएको छ । उनले अब अर्को कुनै पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे खुलाउन चाहेनन्।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया