• २१ भदौ २०८३, आइतबार
  • २ः०३ राती

पुनर्बहालीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०३:५२

४ बैशाख २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई निलम्बन गर्ने सरकारको सो निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा उल्लेख गर्दै उनले
निलम्बन खारेज गरी पुनर्बहाली गर्न माग गरेका हुन् ।

National Life

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको छ ।

सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । उनले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्बहालीको माग रिट निवेदनमार्फत गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया