• 8:47 am

आजको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ११:५८

४ बैशाख २०७९, काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ थियो । आज पनि छापावाल सुन र तेजाबी सुनको सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिकृया