एक-दुई दिनभित्र तालमेलको निर्णय हुन नसके समय थप हुँदैन : गगन थापा
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार १२:०६

४ वैशाख २०७८, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । महामन्त्री थापाले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन समेत दिएका छन् ।
‘अबको एकरदुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’
‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।
प्रतिकृया