• 12:48 am

खोटाङको हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ११:३२

बैशाख १ २०७९, काठमाडौं : खोटाङको त्रि–धार्मिक स्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।


हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा गुफामा राखिएको दानपेटीबाट ९३ हजार ९८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २०० र ढ्याके सटहीबाट ३ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए।


विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलब भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा राखेको जनाइएको छ ।

प्रतिकृया