• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

चर्चामा– कोरोनाको नयां उपभेद डेल्टाक्रोन कति खतरनाक

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १२:१८

डा. केदार कार्की, २८ चैत २०७८, काठमाडौं : वैश्वीक समुदाय अहिले चार पात्रो बर्षदेखि कोवीड–१९ महामारि संग जुध्दै छ । यस महामारी कहरको पटाक्षेप कसरी अनि कहिले होला वैरवीक स्तरमा जनस्वास्थ्यविद महामारीविद एवं चिकित्साविदहरु यसै भन्न सक्ने अवस्थामा छैन । हाम्रो आफ्नो परिवेश भर्खरैमात्र कोरोनाको उपभेद ओमीक्रोन ले निम्त्याएको तेश्रो लहर झेल्दै यस्को संक्रमण केहि मत्थर होला कि भन्ने झिनो आशमा बसेको बखतमा हालै चीन दक्षिण कोरीया अनी जर्मनीमा महामारीको प्रकोप बढ्दा सार्वजनीक जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना प्रति अझै संवेदनशील हुनपर्ने स्थिती छ । यसै मेसोमा जनस्वास्थ्यकर्मी एवं चिकित्साकर्मीवीच कोरोनाको नयाँ उपभेद डेल्टाक्रोन चर्चामा छ । प्रोफेसर कोस्त्रीकिस एवं उनका सहयोगीहरुद्धारा गरीएको सांख्यीकीय विश्लेषणको आधारमा अहिले सम्म डेल्टाक्रोनका २५ बिरामीहरु पहिचान भएका छन् । विश्व पहिलेदेखि नै ओमिक्रोनको चपेटामा छ यसै बेला कोरानाको नयाँ उपभेद डेल्टाक्रोनको खबर आउन थालेको छ । यद्यपी विशेषज्ञहरुले सुझाव दिएका छन् कि यो उपभेद वास्तबिक होइन, त्यसैले तत्काल चिन्ता लिइराख्नुपर्ने केहि कुरा छैन ।


साइप्रसस्थित एक शोधकर्ताका अनुसार डेल्टाक्रोन कोरोना भाइरसको एउटा उपभेद हो जुन डेल्टा एवं ओमीक्रोन दुबै मिलेर बनेको छ । जसलाई अहिले डेल्टाक्रोनका नामले सम्बोधन गरिएको छ । विश्वभरिमा ओमीक्रोन अहिलेसम्मको सवैभन्दा तेजले फैलीने कोरोनाको उपभेद भनिएको छ । जब कि डेल्टा उपभेदले पछिल्लो वर्ष कैयाँै देशहरुका मानिसहरुलाई आफ्नो चङगलमा पारेको थियो यस्तामाथि दुवै उपभेदहरुबाट बनेको यस नया उपभेदबाट के कस्तो खतरा होलान् यस बारेमा अनुसन्धानकर्ताहरु जाँच गर्दै छन् ।

Kamana Sewa

साइप्रस विश्व विदयालयमा जीव विज्ञानका प्रोफेसर एवं जैव प्रादयोगिकी एवं अणवीक विषाणु प्रयोगशालाका प्रमुख लियोजडिओस कोस्त्रिकिसद्धारा यो दावा गरीएको छ कि नया कोवीड–१९ उपभेद डेल्टाक्रोन साइप्रसमा पाइएको थियो । कोस्त्रिकिसले भनेको छन् कि वर्तमानमा ओमीक्रोन एवं डेल्टा दुबैको संक्रमण जारी छ । एवं अव हामीलाई यो उपभेद मिलेको छ । जुन दुबै मिलेर बनेको छ । तीनले यो पनि भनेका छन् कि डेल्टा जीनोमको भीत्र ओमीक्रोन जस्तै अनुवांशिक संरचनाको पहिचान भएको कारणले कोरोना भाइरसको नया उपभेदको नाम डेल्टाक्रोन राखीयो यसका साथै यसमा ओमीक्रोनको केहि उपपरिवर्तीत अवस्था भेटिएको छ । डेल्टाक्रोनको बारेमा भाइरोलोजीस्टको भनाइ छ, यो नयां उपभेद भने होइन छेल्टाक्रोन उपभेद मा भाइरसको फइलो जेजेटिकस ट्रि मा ट्रेस वा स्थापित गर्न सकिँदैन । भाइरोलोजीस्टहरुका अनुसार यो एउटा आरएन ए भाइरसको प्रकृतिमा परिवर्तन गराउनका लागि चिनिन्छ । तर स्वास्थ्यका लागी प्रत्येक उत्परिवर्तनहरु खतरनाक भने हुँदैनन् ।

Classic Tech Desktop

डेल्टाक्रोन एउटा वास्तविक उपभेद हो वा हैन यस्मा अहिले पनि धेरै बहस भइराखेको छ । यद्यपि केहि रिपोर्टसहरुमा भाइरोलोजीस्ट टोम पिकोकलाई उल्लख गर्दै भनिएको छ । जव नयाँ उपभेद सिकवेसिङग प्रयोगशालाको माध्यमबाट आउँछ भने संदुषण त्यती असामान्य होइन । प्रायः जसो यो धेरै स्पष्टरुपले दुषित प्रकृया हुने गर्दछ । याहाँ यस कुरामा ध्यान दिनुपर्ने हुन्छ कि डेल्टाक्रोन विश्व स्वास्थय संगठन द्धारा दिइएको आधिकारीक नाम होइन । यो आधिकारीक रुपमा स्वीकृत उपभेद पनि होइन । हालसालै सतहमा आएको कोरोना भाइरसको नयाँ उपभेद ले जनस्वास्थ्यविदहरुको चिन्तालाई बढाइदिइएको छ । यद्यपी अहिलेसम्म यस उपभेदको संक्रमणबाट धेरै माजीस प्रभावित भएका त छैनन्, त्यसैले यो यो कती खतरनाक अनी संक्रामक छ भन्न कठिन छ । वैज्ञानीकहरुको अनुसार उनीहरुले यस नयाँ उपभेदलाई निगरानी मा राखेको छन् ।


कोरोना भाइरस ले एक पटक फेरी जनसमुदायलाई उप्ठयारोमा पार्ला जस्तो देखिएको छ । हालै मात्र कोरोनाको एउटा नयाँ उपभेद डोल्टाक्रोन सतहमा देखा परेको छ । भनिन्छ कि यो नयाँ उपभेद डोल्टाक्रोन सतहमा देखा परेको छ । यो नया उमभेद कोरोना भाइरसको डेल्टा ओमीक्रोन उमभेद मिलेर बनेको भनिएको छ । विश्व स्वास्थय सङगठनका अनसार केहि युरोपीयन मुलुकहरु फ्रान्स नीदरलैण्ड एवं डेनमार्क मा यस नया डेल्टा क्रोन उपभेदका केहि विरामी भेटिएका छन् । यद्यपी अहिलेसम्म यस उपभेदका कम विरामी फेला परेका छन् । यस्तोमा वैज्ञानीकहरुलाई यस नयाँ उपभेदका वारेमा यो कती खतरनाक एवं कती सजीलै फैलीन सतmछ बारे बिस्तृत जानकारी छैन ।


विश्व स्वास्थ्य सङगठनले भनेको छ हामीले यस नयाँ उपभेदको गम्भिरतालाई निगरानीमा राखेका छौँ । वैज्ञानीकहरु यसबारे अध्ययनरत छन जसवाट पत्ता लागोस् कि यो उपभेद कति खतरनाक एवं कति सजीलै फैलीन सतmछ । जनस्वास्थ्यवादीहरुले भने यो उपभेद फैलीन सकने आशंका गरेका छन् । त्यसै पनि ओमीक्रोनका कारण देखिएको तेस्रो लहर अन्तीम अवस्थामा पुगेको हो कि जस्तो देखिन्छ । यस्तो समयमा चौथो लहर आउला वा नआउला अहिले नै यसै भन्न सकिने अवस्थामा जनस्वास्थ्यकर्मी छैनन् । डेल्टाक्रोन उपभेद डेल्टा एवं ओमीक्रोन दुवै नै उपभेदहरुले बनेको छ । यस्को संक्रमणमा मानीस एकै समयमा दुई उमभेद डेल्टा एवं ओमीक्रोनबाट संक्रमित हुने छन् ।


यो उमभेदको पहिलो खबर २०२२ जनबरी मा त्यतीबेला सतहमा आयो जव साइप्रसका एक शोधकर्ताले कोरोना भाइरसको एउटा नया स्ट्रेन पत्ता लगाएर वैज्ञानीकहरुको भनाइमा यस उपभेदको शरीर डेल्टाले बनेको अनी स्पाइक ओमीक्रोनबाट बनेको छ । तर जनस्वास्थ्यविदहरुका अनुसार अहिले नै यो भनी हाल्न गाहो छ कि यो उपभेद कति खतरनाक एवं संक्रमक छ । यस्तोमा यस नयाँ उमभेदका बारेमा जानकारी पाउन पर्खनुपर्ने छ । साथै, जनस्वास्थ्य सुरक्षा मापदण्ड अवलम्वन बारे हेलचेक्रयाइ गर्नुहुँदैन महामारी वैज्ञानीकका अनुसार यदि यस उपभेदका धेरै विरामी देखा परेनन भने डराउनुपर्ने आवश्यकता न होला तर यदि पहिलो लहर केहि साम्यपछि सार्वजनीक जनस्वास्थ्य सुरक्षा मापदण्ड पालनामा समुदाय नियामक एवं नियमन गर्ने निकाएहरुबाट गरीएको हेलचेक्रायाइ बाट दोश्रो लहरमा व्यहोर्न परेको सास्ती बाट अझै पाठ सिक्नु नै बेस होला । त्यसैले हामीले पनि संक्रमीत को नमुना परिक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । साथै, समुदायमा निगरानी पनि ।


डेल्टाक्रोन बाट बच्ने उपायः
युरोपमा स्वास्थ्य सवास्थ्य सुरक्षा निकायहरु डेल्टाक्रोन बारे अनुगमन गर्दैछन यस्तोमा अहिलेसम्म यो पत्ता लगाउने कठिन छ । यस उपभेदको घातकता बारे यस्का कुनै नया लक्षणहरु पनी सतहमा देखिएको छैन । यस्तोमा स्वास्थ्य सुरक्षा निकायहरुको पछिल्लो सल्लाहा अनुशार यी केहि यस्ता लक्षणहरु छन जसमा हामीले ध्यान दिनु पर्ने हुन्छ । कडा ज्वरो आउनु, कफ जम्न, सुधने क्षमता कम वा समाप्र हुने हराउने, नाक वग्ने, थकाइ लाग्नु, टाउको दुख्ने, सास फेर्न गाह्रो, मांशपेशी एवं जीउ दुख्ने घाटी खस खस हुने, बान्ता हुने, एवं झाडा पखाला लाग्ने हुन सक्छ ।


अन्तमा, यस नया उपभेदको संक्रमण वाट बच्न भाइरस को प्रसार रोकन का लागी कोवीड–१९ को लागी उपयुतm नियमहरु पालना गर्नु सवै भन्दा राम्रो तरीका मान्न सकिने रहेछ । हामी कोवीड–१९ को महामारीको प्रहार झेल्दै आएको चार पात्रो वर्षमा छौं, यस अबधिमा विभीन्न कालखण्डको फरकमा अहिले सम्म तीनवटा लहरको व्यवस्थापन गरीसकेका छौँ उपचार एवं रोकथामबारे हाम्रो आफ्नो परिवेशमा पनि अनुभव सङ्गालेका छौँ । विगतका महामारीमा अवलम्वन गरीएका आवसीय उपचार विधि प्रविधि जनस्वास्थ्य सुरक्षा मापदण्ड अवलम्वनमा देखिएका कमी कमजोरी बारे यथेष्ठ गहिरो समीक्षा गर्नु पर्न एवं सोही अनुसार लागु गर्ने गराउनेतर्फ सचेत रहन सकियो भने यस नयाँ उपभेद देखिएको खण्डमा पनि त्रसित आतंकित हुनपर्ने देखिँदैन ।


हामी वा खोला त¥यो लौरो बिर्सिएको अवस्थामा डेल्टाक्रोन देखिइहाले पनि समुदायमा यसले पार्ने प्रभाव बाट थाहा हुने छ । तर पनि हालको अवस्थामा हालसम्म उपलव्ध भएका विविध खाले खोपहरु समुदायमा प्रयोग भएको अवस्था छ । त्यसले पनि प्रतिरक्षा गर्ला केहि हदसम्म त ैपनि मास्क लगाउने उचित मापदण्डका अनुसार भाइरस विकसीत हनु एवं प्रसार हुने संभावनाहरु कम गर्न सकिन्छ । कोवीड–१९को विविध खाले उपभेदहरुको संकञ्मण बाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ । भनिन्छ हिजो वाँचेको थियौ पो आज छौ आज बाँचे पो भोली रहौला नत्र कसले पो देखेको छ कि भोली बाच्छौ । तपाँई हाम्रो आफनो स्वास्थ्य सुरक्षाको जीम्मेवारी हाम्रो आफ्नै हो । सरकारी निकायहरुको काम भनेको संचारका विविध खाले माध्यमहरुमा विज्ञप्ती निकाल्नुसम्म त हो । सामुदायीक फोहोर मैला हरुको उचीत व्यवस्थापन को स्थितीलाई हेर्दा ।


डा. केदार कार्की
सेवा निवृत प्रमुख भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर

प्रतिकृया