• २३ भदौ २०८३, मंगलबार
  • १२ः०९ दिउँसो

स्थानीय निर्वाचनमा देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १२:३३

२८ चैत २०७८, काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशैभर तालमेल गर्न कार्यकर्तामा अपिल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशैभर अवस्था अनुसार चुनावी तालमेल गन र आपसी सहकार्य गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको हो।

National Life

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गर्दै जारी गरिएको अपिलमा हिजोका सबै मतभेद बिर्सेर चुनावमा गठबन्धन आबद्ध उम्मेदवारलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरिएको छ।

प्रतिकृया