• १६ असोज २०८३, शुक्रबार
  • ६ः११ बिहान

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने दीपेन्द्र

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०२:०७

२१ चैत २०७८, काठमाडौं : मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् ।

National Life

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।


यस सूचीको दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया