• १६ असोज २०८३, शुक्रबार
  • ५ः३६ बिहान

एन आई सी एसिया बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न, नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०२:१८

२१ चैत २०७८, काठमाडौं : एन आई सी एसिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव बैंक्ले पारित गरेको छ ।

National Life

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको हो।


सो सभाले आइतबार सम्पन्न सञ्चालक समितिको ५१२ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३–३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।


संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।


देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिकृया