• १६ असोज २०८३, शुक्रबार
  • ७ः१४ बिहान

सिप परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०६:१६

१५ चैत्र २०७८, काठमाडौँ : सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पुर्व सिकाई मान्यता विधिको माध्यमले सिप परिक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकास मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा पूर्व सिकाई मान्यता सीप परीक्षण के हो ? पूर्व सिकाई मान्यता सीप परीक्षण किन गर्ने ?, यसबाट उधोग, कलकारखाना, निर्माण कम्पनी र कामदार कसरी लाभान्वित हुन् सक्छन ? र पूर्व सिकाई मान्यता सीप परीक्षण कहाँ, कहिले र कसरी गरिन्छ ? आदि विषयमा सहजीकरण गरिएको थियो ।

National Life

नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहयोग तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद राष्ट्रिय सीप परीक्षण समितिले रोजगारीको सिलसिलामा स्वदेश वा विदेशमा उधोग, कलकारखाना, निर्माण कम्पनीमा सीप संग सम्बन्धित काम गरी अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई लक्षित गरी पूर्व सिकाइको मान्यता विधि बाट बागमती प्रदेशमा विभिन्न पेशामा सीप परीक्षण गर्ने कार्ययोजना भए अनुरुप यो अभिमुखिकरण कार्यक्रम गरिएको हो ।


अभिमुखीकरण कार्यक्रममा हेटौंडा स्थित विभिन्न औधोगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारी, राष्ट्रिय सीप परीक्षण समितिकी उप निर्देशक निशी श्रेष्ठ, नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना अन्तर्गतका कर्मचारी प्रतिभा जोशी, डेपुटी टिम लिडर, सन्जीब पन्थी, प्रक्रिया व्यवस्थापक र प्रदेश स्थित परियोजना सहयोग इकाईका प्राविधिक संयोजक राम सापकोटाद्वारा सहजीकरण गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा मकवानपुर उधोग संघका अध्य्क्ष स्वागतराज प्याकुरेल तथा विभिन्न मजदुर संघ संगठनका प्रतिनिधिले राष्ट्रिय ब्यावसायिक योग्यता प्रणालीको पूर्ण कार्यन्वयनमा जोड दिएको थियो । कार्यक्रममा चैत्र १४ र १५ गते तिन समुहमा गरी जम्मा १८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले ६ वटा पेशा मात्र नभएर अन्य थप पेशामा पनि पुर्व सिकाई मान्यता विधिद्वारा सीप परीक्षण गरिनु पर्नेमा जोड दिनु भएको थियो । पूर्व सिकाई मान्यता विधिद्वारा सीप परिक्षण गर्न इच्छुक व्यक्तिहरुका लागि बाग्मती प्रदेशमा ६ वटा पेशामा सीप परिक्षण गर्न लागेको हुदा आवेदनका लागि यही २०७८ चैत्र १४ मा प्रकाशित गोरखापत्र मा सूचना समेत गरेको छ्र ।


नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना नेपाल सरकार र स्वीस सरकार को द्विपक्षीय परियोजना हो र यो परियोजना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद राष्ट्रिय सीप परीक्षण समितिले कार्यन्वयन गरिरहेको छ । परियोजनालाई स्विस सरकार विकास सहयोगको तर्फ बाट स्वीस कन्ट्याक्टले प्राविधिक सहयोग प्रदान गरेका छन् ।

प्रतिकृया