• १७ असोज २०८३, शनिबार
  • ८ः४९ बिहान

के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०५:३५

१५ चैत २०७८, काठमाडौं : के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले संस्थाको नाम परिवर्तन गरेको छ । सो सम्बन्धी औपचारिक जानकारी गर्न सम्पूर्ण सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्नको लागि चैत १४ गते माया मनोर बुटिक होटल, हात्तिसारमा नेपालपत्रकार सम्मेलन आयोजना गरेको हो ।

National Life

पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा बैंक र साविक क्यापिटलका सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने भएको छ । गरिमा बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटलले बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण गरेको छ । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

आषाढ ०४ मा अस्ट्यूट क्यापिटल र गरिमा बैंक बिच बैंकद्वारा अस्ट्यूट क्यापिटलको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी समझदारी भएको थियो । उक्त समझदारीपत्र (Memorandum of Understanding – MOU) बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको चैत्र ०७ गतेको पत्रबाट साविकको अस्ट्यूट क्यापिटलको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरेको बताइएको छ ।


गरिमा क्यापिटलको धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक क्यापिटलबाट लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएको छ । अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टेशन, संस्थागत परामर्श तथा सामूहिक लगानी कोष , प्राइभेट इक्वीटी फण्ड , भेन्चर क्यापिटल फण्ड , हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु प्रदान गर्ने भएको कार्यक्रम मार्फत जनाएको छ ।


गरिमा क्यापिटलका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुने व्यवस्था मिलाउने भएको छ । यस संस्थाले अफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने जानकारी दिएको छ ।


गरिमा क्यापिटलमा ५ सदस्यहरु रहने भएको छ । सदस्यमा सञ्चालक समितिको गठन भएको छ । के.सी.एल. अस्ट्यूट क्यापिटलको अध्यक्षतामा दिपक पाण्डेय रहने भएका छन् भने सदस्यमा त्रमसाः रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्रतिकृया