• १७ असोज २०८३, शनिबार
  • १०ः०८ बिहान

आईपीएल : पञ्जाबको विजयी सुरुवात

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ०६:४२

१४ चैत्र २०७८, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाबले विजयी सुरुआत गरेको छ। आइतबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो। सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।

National Life

पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२, लियाम लिभिङस्टोन १९, ओडिन स्मिथ २५ र साहरुख खान २४ रनमा अविजित रहे। बैंगलोरका मोहमद सिराजले २ विकेट लिए। पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन जोडेको छ। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले।


विराट कोहली ४१, दिनेश कार्तिक ३२ र अनुज रावत २१ रन बनाए। पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १–१ विकेट लिए। पन्जाबले २ अंक जोडेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया