पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रकाशित मिति
२०७८ चैत्र १२ गते, शनिबार ०९:२२
१२ चैत २०७८, काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए । यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
सन्दीप लामिछाने (कप्तान) अनिल कुमार शाल (विकेट किपर), दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, रोहित कुमार पौड्यल, आरिफ शेख, शुल्सन झाँ, सोमपाल कामी, देव खनाल, भिम सार्की, पवन सरार्फ नेपाली टोलीमा रहेका छन् ।








प्रतिकृया