• १७ असोज २०८३, शनिबार
  • ९ः२५ बिहान

मनकामना केबलकार चैत १४ गतेका लागि बन्द हुने

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार १०:५८

११ चैत्र २०७८, काठमाडौँ : मनकामनामा केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।

National Life

नेपालको पहिलो केबलकार मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका हुन् । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत नै रहने छ ।


गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया