• १६ असोज २०८३, शुक्रबार
  • २ः३३ राती

मधेस प्रदेशसभाको बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार १०:३९

११ चैत २०७८, काठमाडौं : मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

National Life

अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको छ।


यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया