• १५ असोज २०८३, बिहीबार
  • २ः१७ राती

शिक्षालाई चालु वर्षभन्दा कम सिलिङ

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०६:५७

९ चैत्र २०७८, काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको शिक्षा र विज्ञानका क्षेत्रको बजेट २० प्रतिशत पुयाउने बताइरहेकै बेलामा सरकारले भने गत वर्षभन्दा करिब ८ अर्ब रुपियाँ कम गरी बजेटको सिलिङ तोकेको छ।

National Life

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि अधुरो रहेको पुनर्निर्माणको बजेटसमेत कट्टा गरेर सरकारले बजेटको सिलिङ तोकेको हो। मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष अर्थात् विसं। २०७९(०८० का लागि सरकारले शिक्षामा ६२ अर्ब ८४ करोड रुपियाँ सिलिङ तोकिदिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले मंगलबार ​भने- ‘सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय भवन पुनर्निर्माण शीर्षकमा जम्मा ४ अर्ब रुपियाँ मात्र सिलिङ दिएको छ। जबकि, चालु आवमा उक्त शीर्षकमा १२ अर्ब रुपियाँ बजेट छुट्याइएको थियो।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया