• १६ असोज २०८३, शुक्रबार
  • ६ः०२ बिहान

नेपाललाई जितका लागि युएईले दियो २०३ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०३:३३

७ चैत्र २०७८, काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन प्राप्त गरेको छ ।

National Life

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन युएईलाई योगदान पुर्याए भने ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको लिए ।


नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया