अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०३:१६
७ चैत २०७८, काठमाडौं : अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बढ्दो आर्थिक संकट समाधानका लागि उच्चस्तरीय समिति’ गठन गर्न सरकार तगारीमा रहेको बताएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् । विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् ।
प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएयता बस्न सकेको थिएन । प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राखेका छन् । सोहीक्रममा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताएको सहभागी उद्योगीहरूले जानाकारी दिएका छन् ।
बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो








प्रतिकृया