• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

चीनमा १ सय ३३ जना सवार विमान दुर्घटनाग्रस्त, दुर्घटनास्थलमा आगलागी

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०२:५८

७ चैत २०७८, काठमाडौं : चीनमा १३३ जना सवार विमान दुर्घटनामा परेको छ । दक्षिणी चीनको गुआङ्शी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा आगलागी समेत भएको चीनको सरकार नियन्त्रित सीसीटिभी च्यानलले जनाएको छ ।

National Life

चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको कुन्मिङ शहरबाट गुआङडोङ प्रान्तको ग्वाङजाउ शहरतर्फ उडिरहेका बेला दुर्घटनामा परेको हो ।


उद्धारकर्ताहरु दुर्घटनास्थल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि दुर्घटनामा भएको मानवीय क्षतिबारे केही विवरण सार्वजनिक भइसकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया