• २२ भदौ २०८३, सोमबार
  • ११ः५७ बिहान

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०६:५७

४ चैत्र २०७८, काठमाडौँ मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।

National Life

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उनको भनाइ छ ।


केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक वीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताए । केन्द्रले उच्च नश्लका राँगो र साँढेको वीर्य सङ्कलन गरेर देशव्यापी रूपमा वीर्य पठाउने गरेको छ ।

Classic Tech Desktop

केन्द्रमा हाल आठवटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको वीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया