• २२ भदौ २०८३, सोमबार
  • ११ः१२ बिहान

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडि सारे ६ शर्त

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०६:३३

४ चैत्र २०७८, एजेन्सी – रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्। जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन्। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शर्त अघि सारेका हुन्।

National Life

रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राखेको छ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले शर्तको रुपमा अघि सारेको बीबीसीले उल्लेख गरेको छ।

प्रतिकृया