• २१ भदौ २०८३, आइतबार
  • ३ः४९ राती

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याक

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०४:५३

२ चैत्र २०७८, काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको हो ।

National Life

नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार चैत्र २ गते बाट सञ्चालनमा आएको हो ।


नयाँ गज्जबको दैनिक जीबी प्याक खरिद गर्दा ७ जीबी अल टाइम डेटा प्याकको मात्र रु १२९ मा आउने ७ दिन चलाउन सकिन्छ भने १४ जीबी अल टाइम प्याकको मात्र रु १९९, प्रति दिन २ जीबी ७ दिन चलाउन सकिने योजनाको साथ नया प्याक ल्याएको कम्पनीले जनाएको छ ।

Classic Tech Desktop

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न एन्सेलले जनाएको छ ।


अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्ने कम्पनीले जानकारी गराएको हो।


त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेक दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्नेछन्।


प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिनेछ । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न गर्न मिल्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिकृया