• २० भदौ २०८३, शनिबार
  • ११ः३९ राती

जनकपुरधाममा रहेको आयुर्वेद औषधालयमा बिरामीको संख्या वृद्धि

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ११:३६

२ चैत्र २०७८, काठमाडौँ : मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ । औषधालयमा ५ वर्ष अघिसम्म दैनिक करिब दुई दर्जन जति बिरामी उपचार सेवाका लागि आउने गर्थे भने आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

National Life

आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । विगत भन्दा अहिले आएर आयुर्वेद तर्फ सर्वसाधारणको रुची बढ्न थालेको छ ।


औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाइका विरामीहरु अत्यधिक आउने गरेका छन् । विभिन्न ठाउँमा उपचार गराउँदा घुँडाको दुखाई कम नभएपछि औषधालयमा उपचार गराउँदा निको भएको मिथिला विहारी नगरपालिकास्थित तारापट्टी गाउँबाट उपचार गराउन आएका सिकरन दास तत्माले बताए ।

Classic Tech Desktop

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहार विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाएको छ मधेश प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आर्युेवेद उपचारलाई चुस्तदुरुस्त बनाउन सकिने औषधालयकी प्रमुख डा. सीमा झाले बताइन् । औषधालयकी प्रमुख डा. झाले अस्पतालको स्तरोन्नति गरेर प्रादेशिक अस्पतालको रुपमा लैजानुपर्ने आवश्यकता औंल्याइन् ।

प्रतिकृया