• २० भदौ २०८३, शनिबार
  • ११ः४१ राती

आफन्त बाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ११:११

सुजिता सापकाेटा, ३० फागुन २०७८, काठमाडौं : मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परिरहेकाले आफन्त बाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विश्व मृगौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको जानाकारी दिएका हुन् ।

National Life

सो कार्यक्रममा बोल्दै खाँणले आफन्त बाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुने भनाई ब्यक्त गरेका छन् । आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भइरहेको बखतमा नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन हुँदा बढ्दो मृगौला रोगीको उपचार सहज हुने देखाउँदै उनले सरकार यस मामिलामा सकारात्मक रहेको बताएका हुन् ।


त्यस्तै, मृगौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्नेमा किष्ट मेडिकल कलेजका प्राचार्य डा. बालमानसिंह कार्कीले जोड दिएका छन् । मृगौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा.दिव्या सिंह शाहले बताए ।

Classic Tech Desktop

मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलको भनाई छ । यस्तै, कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए।


विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको छ भने वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मृगौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन ।

प्रतिकृया