निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ–गहण कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७८ चैत्र १ गते, मंगलवार ११:३०

गोमा सुनार, १ चैत्र २०७८, काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले सेमबार थापागाउँको बानेश्वर बैंकटमा शपथ–गहण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाल निर्माण व्यासायी महासंघको २३औं साधारण सभा एवं १२औं अधिवेशनको नवनिर्वाचित कार्यसमितिको शपथ–ग्रहण कार्य भएको हो ।
साे कार्यक्रममा महासंघको यहि फागुन २९ गते भएको निर्वाचनमा बहुमत ल्याई विजयी भएको र निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको घोषणा, प्रमाणपत्र वितरण साथै शपथ–गहण गराइएकाे थियाे। सबै प्रदेशका सहभागी प्रतिसपर्धीहरुलाई यस कार्यक्रममा निमन्त्रणा गरेर शुभकामना आदनप्रधान समेत गरिएकाे थियाे ।
निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा ३ जना प्रतिसपर्धीहरुमध्ये सबै भन्दा धेरै मत ल्याएर जित्न सफल भएका रवि सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । सोहि पदमा सिंहका दुई प्रतिस्पर्धी निकोलस पाण्डे र हुमनाथ कोइलाराले क्रमश : ३ सय ३७ र ३२ मत ल्याएका थिए ।
यस्तै, उपाध्यक्ष पदमा निर्वाचित तीन जना मध्ये आङदोर्जी लामाले ५ सय ६३ मत ल्याई सोहि पदको प्रतिसपर्धी लक्ष्मण कुमार राना र धिरेन्द्र कुमार दाहाललाई पछि पारेका थिए । निर्वाचित लक्ष्मण कुमार रानाको २ सय ७३ मत आएको थियो भने धिरेन्द्र कुमार दाहालको २ सय ८९ मत प्राप्त गरेका थिए ।
लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझीले ७४ मतले प्रतिसपर्धी ५८ मत ल्याएका मेघ जंग शाहलाई हराएर उपाध्यक्ष बन्न सफल भएका थिए।
यसैगरी, कर्णली प्रदेशबाट उपाध्यक्षमा रत्न वहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए भने सुदुरपश्चिम प्रदेशबाट प्रकाश बहादुर सेठी पनि निर्विरोध निर्वाचित भएको कार्यक्रम मार्फत जनाइएको थियो ।
साथै, नेपाल निर्माण व्यवसायी महासंघको महासचिव पदमा ४ जना प्रतीसपर्धीलाई पछाडी छाड्दै ७ सय १९ मत ल्याएर रोशन दाहाल जित्न सफल भएका छन् । पराजित हुनेहरुमा बासुदेव उप्रेती, टक प्रसाद चौलागाई, रामशरण देउजा र आनन्द प्रसाद अधिकारी रहेका छन् ।
प्रतिकृया