शानदार जीतसँगै तेस्रो स्थानमा उक्लियो बार्सा
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ०७:२६

३० फागुन २०७८, एजेन्सी : फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल गरेको छ । ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो । जीतसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाका लागि म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर फेरान टोरेसले दुई गोल गरे । खेलको १४ औँ मिनेटमा पेनाल्टीबाट बार्सालाई अग्रता दिलाएका टोरेसले २१ औँ मिनेटमा अग्रता दोब्बर बनाए । २७ औँ मिनेटमा पिएरे एमरिक आउबामियाङले तेस्रो गोल थपे ।
आर्सनलबाट बार्सिलोना आएपछि आउबामियाङले ६ खेलमा ५ गोल गरिसकेका छन् । दोस्रो हाफमा रिकी पुइगले अर्को गोल थप्दै बार्सालाई शानदार जीत दिलाए । २७ खेलबाट बार्सिलोनाको ५१ अङ्क रहेको छ ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया