• २२ भदौ २०८३, सोमबार
  • ६ः४२ बेलुका

यि हुन् शेयरमूल्यमा आज उच्च वृद्धि हुने ७ कम्पनी

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०४:२९

२९ फागुन २०७८, काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आइतबार १०१।०७ अंकले बढेर दुई हजार ६ सय ६७ दशमलब ९७ विन्दुमा रोकिएको छ । आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार हुँदा केही कम्पनीमा उच्च बृद्धि भएको छ ।

National Life

नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स र सानिमा लाइफ इन्स्यारेन्स कम्पनी लगायत अन्य ४ कम्पनीको सेयर मूल्यमा भारी बृद्धि भएके छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८८५.५० रुपैयाँ पुगेको छ भने ज्योती लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६५१.५० रुपैयाँ र सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६६.५० रुपैयाँ पुगेको छ ।


त्यस्तै, आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनी पनि आज शेयरमूल्यमा उच्च वृद्धि भएका कम्पनीहरुमा परेका छन् । इमर्जीङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५.६० रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६९६.४० रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५४९.४० रुपैयाँ र मञ्जुश्री फाइनान्स कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ६६७ रुपैयाँ पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया