• 2:52 pm

सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०३:०३

२९ फागुन २०७८, काठमाडौं :चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ। नेपाल आइस’ ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको सीजीले जनाएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दाबी छ।


नेपाल आइस पिल्स्नर बियर ६ सय ५० मिलिलिटर प्रतिबोतलमा उपभोक्ता मूल्य ३ सय ४० रुपैयाँ र ३ सय ३० मिलिलिटर प्रति बोतलमा १ सय ७५ रुपैयाँ कायम गरिएको छ।


सीजी ब्रुअरीले समय अनुकूल फरक तथा स्वादमा बियर उत्पादन गर्दै आएको छ । नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त रहेको बताएकोे छ ।

प्रतिकृया