• २३ भदौ २०८३, मंगलबार
  • १२ः२२ दिउँसो

‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने ब्यवस्था

प्रकाशित मिति

२०७८ फाल्गुन २४ गते, मंगलवार १०:५७

२३ फागुन २०७८, काठमाडौं : ‘ग्लोबल स्मार्ट प्लस’बाट अब नेपाल आइडलमा भोट गर्न सकिने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ अन्तर्गत आफूलाई मन परेका प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट दिन सक्ने ब्यवस्था आएको हो ।

National Life

बैंकले मोबाइल एप प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।


हालसम्म बैंकले ७६ जिल्लामा २ सय ८७शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान दिइरहेको दाबी गरेको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउन पनि सघाइरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया