• २३ भदौ २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

बारामा मोटरसाइकल जुध्दा ५ जना घाइते

प्रकाशित मिति

२०७८ फाल्गुन २४ गते, मंगलवार १०:४९

२४ फागुन २०७८, काठमाडौँः कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका–५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ ।

National Life

कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।


घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को मोटरसाइकलका चालक फेटा गाउँपालिका–१ भलुही बस्ने १९ वर्षीय प्रदीप कुमार दास, सोही मोटरसाइकलमा पछाडि सवार भलुहीकै २० वर्षीय रोहित कुमार दास, १९ वर्षीय रामविनय दास घाइते भएको डिएसपी थापाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

घाइते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरूको वीरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाकी दुई जना घाइतेहरू रोहित तथा रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया