• २० भदौ २०८३, शनिबार
  • १२ः२५ राती

कोरोना अपडेट : थप १०५ जनामा संक्रमण, ३ को मृत्‍यु

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार ०५:१८

१९ फागुन २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४ सय ७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ५ सय १७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Classic Tech Desktop

प्रतिकृया