‘एक हजार रुपैयाँले स्वरोजगार बनाउने आइडिया दिन्छौँ’ : युवा स्वराेजगार काेष
प्रकाशित मिति
२०७८ फाल्गुन १९ गते, बिहीबार ०४:५९

‘आफ्ना लागि आफैँ मालिक’ बनेर अरुलाई समेत रोजगार प्रदान गर्ने स्वरोजगारमा जोड दिनुपर्छ
सुजिता सापकाेटा, १९ फागुन २०७८, काठमाडौं : युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देबराज रोक्का ‘कल्याण’ले यस कोषले एक हजार रुपैयाँले स्वरोजगार बनाउने आइडिया दिने बताएका छन् । बिहीबार कोषको १३ अौँ बार्षिकोत्सब कार्यक्रममा कोषले स्वरोजगारीका लागि आर्थिक सहायता मात्र नभई आइडियासमेत दिने गरेको भन्दै डा. कल्याणले उक्त अभिब्यक्ति दिएका हुन् ।
नेपालमा स्वरोजगार हुने प्रबृत्ति नभएको र जागिर खोज्दै हिँड्ने प्रचलन रहेको भन्दै डा. कल्याणले सानो रकमा नै स्वरोजगार बनाउने उपाय युवा स्वरोजगार कोषले दिनसक्ने बताएका छन् । “पाँच सय, एक हजार सानो रकम होइन, एक हजार रुपैयाँले नै स्वरोजगार बनाउने आइडिया हामी दिन सक्छौँ “, उनले भने ।
त्यस्तै, नेपाल एक हजार लगानी गरेर एक लाख कमाउन सम्भावना भएको देश रहेको समेत पनि उनले जिकीर गरे । डा. कल्याणका अनुसार नेपालमा काम गरी खानेलाई बेरोजगारीको समस्या हुँदैन । आर्थिक रुपले बिपन्न रहेका १८ देखि ६० वर्ष उमेरसम्मका युवा तथा साना ब्यवसायीहरुलाई बिनाधितो २ लाख रुपैयाँसम्म सुलभ कर्जा उपलब्ध गराएर स्वराजगार हुन यस कोषले सहयोग गर्दै आएको छ ।
कोषले टिनेजका दोश्रो बर्ष अर्थाात् १४औँ बर्षमा प्रवेश गरेको अवसरमा डा. देबराजले अब स्वरोजगार र रोजगारको परिभाषा बदलिनुपर्ने र सवैले बुझ्नपर्नेमा पनि जोड दिएका छन् । कोभिडको महामारीमा समेत रोजगारको खोजिमा बिदेशिने संख्या उल्लेख्य भएकाले ‘आफ्ना लागि आफैँ मालिक’ बनेर अरुलाई समेत रोजगार प्रदान गर्ने स्वरोजगारमा जोड दिनुपर्ने आवश्यक्ता उनले औँल्याएका छन् ।
यस्तै, पूँजीको अभाबमा बिदेश पलायन हुने शिक्षित तथा अर्धशिक्षित बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने तथा आर्थिक रुपमा बिपन्न युवा बर्गहरुलाई स्वरोजगार कार्यक्रम संचालन गर्न कर्जा उपलब्ध गराई आयआर्जनमा बृद्धि गराउँदै जीबिकोपार्जनलाई सहज बनाउन कोषले स्थापनाकालदेखि नै ठूलो भूमिका खेल्दै आएको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले प्रश्ट पारे । असली रिणीलाई कोषले ६० प्रतिशतसम्म ब्याज अनुदान भनेर फिर्ता दिने गरेको उनको दाबी छ ।

कोषका निर्देशक अधिकारीका अनुसार कोषले स्थापनाकालखेखि नै पहिलोपटक औपचारिकरुपमा बार्षिकोत्सब मनाएको हो ।
प्रतिकृया