गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट
प्रकाशित मिति
२०७८ फाल्गुन १८ गते, बुधबार ०६:२७
१८ फागुन २०७८, काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेट भएको छ । बुधबार गृह मन्त्रालय पुगेका राजदूत बेरी र गृहमन्त्री खाँणबीच एमसीसीलगायत विषयमा परामर्श भएको हो । भेटमा खाँणले एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएको र नेपाली जनता तथा नेपाल सरकार खुशी रहेको राजदूत बेरीलाई बताएका थिए ।

एकातिर एमसीसी पास गर्नुपर्ने अनि अर्कोतर्फ सबै दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने चुनौती भए पनि वर्तमान सरकारलाई असर नपारी एमसीसी अनुमोदन गराउन सरकार सफल भएको पनि उनले बेरीलाई बताएका थिए । एमसीसीको विषयमा गरिएको व्याख्यात्मक घोषणाबारे आफूहरूले पहिलादेखि भन्दै आएको पनि राजदूत बेरीले बताए ।
भेटमा राजदूत बेरीले प्रधानमन्त्री शेरबहादुर र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको पनि बताएका थिए । यसअघि, मंगलबार बेरीले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी पास गराएकोमा धन्यवाद दिएका थिए ।




प्रतिकृया