एमाले र माओवादीको छलफल सकियो, भएन कुनै सहमति
प्रकाशित मिति
२०७८ फाल्गुन १२ गते, बिहीबार ०७:०६
१२ फागुन २०७८, काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक सकिएको छ । सत्ता गठबन्धन फुट नजिक पुगेपछि बिहीबार अपराह्न संघीय संसद् भवन बानेश्वारमा बसेको एमाले र माओवादीबीच छलफल भएको हो ।
छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । छलफलपछि सञ्चारकर्मीसँग नेम्वाङले छलफल सकारात्मक भएको बताए ।
उनले भने, ‘छलफल सकारात्मक भएको छ । छलफल गरेर अगाडि बढ्ने भन्ने छ । कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’






प्रतिकृया